२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आजदेखि निःशुल्क ‘एचपीभी’ खोप अभियान देशभर सुरु हुँदै

२२ माघ, काठमाडौँ । आज विश्व क्यान्सर दिवस । दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ अभियान सुरु गर्दैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गते आज देखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन हुनेछ ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस