२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

डिभोर्सपछि एलिनाकी मिल्ने साथी रचनाको यस्तो बयान

काठमाडौं । एलिना चौहानको मंगलबार कानूनी डिभोर्स भएपछि डिभोर्सपछि सेलेब्रिटीहरूले ढाडस दिए। एलिना निकट गायिका रचना रिमालले सान्त्वना दिइन्। उनीहरू मिल्ने साथी हुन्।

एलिनाको डिभोर्स स्टाटसपछि रचनाले लेखिन्, ‘दिदी, तपाईंलाई मनबाट हाँसेको हेर्न पाउने आशा छ। म तपाईंको शुभचिन्तक हुँ र रहनेछु। आई लभ यु।’

रचनाले एलिनालाई नेपाल फर्केर मिलेर काम गर्न आग्रह गरेकी थिइन्। उनले सम्बन्धमा फुट ल्याउन खोज्ने तर नसक्ने व्यक्तिहरूको पनि उल्लेख गरिन्।

एलिनाले ठूलो आँट र निर्णय लिएको भन्दै रचनाले खुसी हुन आग्रह गरिन्। रचना र एलिना पछिल्ला उदाउँदा गायिका हुन्।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस