भारतको सशस्त्र सुरक्षा बलका जवान प्रशान्त पाल आफ्नो बिहेको कार्ड बाँडेर फर्किंदै गर्दा दुर्घटनामा परेका छन्। उत्तर प्रदेशको भोकरखेडी बर्ला सडकमा ट्रकको ठक्करबाट ज्यान गएको हो। २८ वर्षीय प्रशान्त जन्ती लिएर २५ फेब्रुअरी (आउँदो मंगलबार) मेरठको सरधना जाने तयारीमा थिए।
प्रशान्त २०२१ मा सशस्त्र सुरक्षा बलमा सिपाही बनेका थिए। उनी हाल लखीमपुरको पलियामा कार्यरत थिए। केही दिनदेखि उनी आफ्नो बिहेको कार्ड बाँड्न व्यस्त थिए।
बुधबार दिउँसो बसेडाबाट कार्ड बाँडेर घर फर्किंदै गर्दा भोकरखेडी–बसेडा मार्गको विद्या निकेतन पब्लिक स्कूल नजिकै ट्रकले ठक्कर दियो। घटनास्थलमै उनको मृत्यु भयो।
प्रहरीले ट्रक नियन्त्रणमा लिएर चौकीमा पुर्याएको छ। प्रशान्तको मृत्युले हजुरबुबा मामचन्द, बाबु सतपाल, आमा रोशनी, दिदी निकुञ्ज र भाइ विशान्त शोकमा डुबेका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार

