२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

यस्तो छ स्ववियु चुनावको कार्यतालिका

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले कार्यतालिका सार्वजनिक गरेको हो । तालिका अनुसार उम्मेदवारको मनोनयन फागुन २७ गतेका लागि तोकिएको छ । बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

सङ्घ, सङ्गठन दर्ता फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोध फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका छ । मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । चुनावको लागि प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म रहने र त्यसपछि मौन अवधि शुरू हुनेछ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस