बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले चमेरामा कोरोनाको नयाँ भाइरस (एचकेयू–५ सीओवी–२) फेला पारेका छन्। यो भाइरस मानिसमा पनि सर्न सक्ने खतरनाक क्षमता राख्छ। ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी’ (डब्ल्यूआईभी) का वैज्ञानिक शि झेंगलीको नेतृत्वमा गरिएको अध्ययनले यो भाइरस मानव कोशिका र अंगहरूमा संक्रमण फैलाउन सक्ने देखाएको छ।
यो भाइरस ‘मेर्बेको भाइरस’ उपप्रकारबाट आएको हो, जसमा मर्स (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम) जस्ता खतरनाक भाइरसहरू पर्दछन्। प्रयोगशाला परीक्षणले यसले मानव शरीरमा प्रवेश गर्ने क्षमता देखाएकोले यसको खतरा बढेको छ।
यो भाइरस पहिलो पटक हङकङमा चमेरामा फेला परेको थियो। वैज्ञानिकहरूले यसको निगरानी र अध्ययन गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार

