काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदका लागि डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरिएको छ।
बढुवा सिफारिस समितिले जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा यी तीन अतिरिक्त सचिवलाई छनोट गरेको हो। मन्त्रिपरिषद्ले अब तीमध्ये एक जनालाई स्वास्थ्य सचिवमा नियुक्त गर्नेछ। हाल स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका डा. देवकोटा नेपाली कांग्रेस निकट मानिन्छन् भने डा. बाराकोटी एमाले समर्थक रहेको चर्चा छ।
डा. मिश्रले भने स्वास्थ्य मन्त्रालयको नेतृत्व महिलाले पाउनुपर्ने तर्क अघि सारेकी छन्। उनी एमाले मन पराउने चिकित्सक हुन् । राजनीतिक समीकरणका आधारमा सचिव चयन हुने देखिएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार

