२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

१३औं फाइनलमा पनि नेपाली टोली उपाधिविहीन

नेपालको महिला फुटबल टोलीले १३औं पटक फाइनल खेल्दा पनि उपाधि जित्न सकेन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो।

नेपालले खेलमा राम्रो प्रदर्शन गरे पनि ६२औं मिनेटमा गोल खाँदै पछि पर्यो। त्यसपछि अर्को गोल खस्दा ऐतिहासिक जितको अवसर गुमायो। प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा नेपाली टोली तेस्रो पटक फाइनल खेल्दै पनि उपाधिबाट बञ्चित रह्यो।

नेपालले खेलभर म्यानमारको पोस्टमा दर्जनपटक आक्रमण गरे पनि गोल गर्न नसक्दा निराशाजनक हार बेहोर्‍यो।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस