काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ की पूर्व पत्नी सुम्निमा खालिङ बेहाल अवस्थामा फेला पर्न थालेकी छिन् । रक्सीले मातेर सडकमै सुत्ने अवस्थामा शर्मिला वाइबासहितको टीमले उद्दार गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा पानी दिँदा समेत नखाएर रक्सी नै मागिरहेको आवाज सुनिन्छि । पछाडी बसेकी शर्मिला पवनले डिभोर्स भइसक्यो भन्छ, सुम्निमा भएको छैन भन्छ ? भन्छिन् । साथमा प्रहरीपनि हुन्छ । प्रहरीले पानी छम्किरहेको देखिन्छ । उनी कपनको नीलो पुलमा उनी चोटै चोट अवस्थामा देखिइएकी छिन् ।
त्यसपछि महिला प्रहरीले सम्हाल्दै भ्यानमा राखेको भिडियोमा देखिन्छ । त्यसअघि अत्यन्तै फोहोर कपडामा सडकमै सुतिरहेका भिडियोहरु आम सामाजिक सञ्जाल प्रयोगकर्ताले पोष्ट गरिरहेको पाइएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार

