२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जण्डिसले लियो प्रसिद्ध कलाकारको ज्यान, शोकमग्न कलाक्षेत्र

काठमाडौँ । प्रसिद्ध कलाकार र नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ। शुक्रवार दिउँसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको कलाकार र संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए।

सिंह केही समयदेखि जण्डिसबाट पीडित थिए। उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आज साँझ गरिने तयारी भएको खड्काले बताए। उनको निधनले नेपाली कलाक्षेत्रलाई शोकमग्न बनाएको छ। 

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस