२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

चर्चित अभिनेत्री अक्षराको स्टेज शोमा यो के भयो, रोक्न प्रहरीले गर्‍यो लाठीचार्ज

भोजपुरी अभिनेत्री अक्षरा सिंहको एक कार्यक्रममा अराजकता मच्चिएपछि प्रहरीले लाठीचार्ज गर्नुपरेको छ। बिहारको औरंगाबादमा आयोजित रंगारंग कार्यक्रममा भीड नियन्त्रण बाहिर गएपछि स्थिति बिग्रिएको हो।

अक्षरा सिंहको प्रस्तुति चलिरहेको बेला उनका फ्यानहरू उनीसम्म पुग्न खोज्दा ब्यारिकेड र कुर्सी तोड्न थाले। सुरक्षाकर्मीहरूले भीडलाई रोक्ने प्रयास गरे पनि अवस्था जटिल बन्दै गएपछि लाठीचार्ज गर्नुपरेको थियो।

भीड झनै आक्रोशित भएपछि कार्यक्रम स्थलमा हंगामा मच्चियो। अक्षरा सिंहसहित सबै कलाकारहरू मञ्च छोड्न बाध्य भए। प्रहरीको हस्तक्षेपपछि मात्र स्थिति सामान्य बनाइएको थियो।

यो कार्यक्रम पूर्व एमएलसीको आयोजनामा भएको थियो, जसमा अक्षरा सिंहसँगै भोजपुरी गायक अनुपमा यादव, गोलु राजा र कलाकार आनन्द मोहनसमेत सहभागी थिए। अक्षराका अघिल्ला कार्यक्रममा पनि फ्यानहरूको उन्मादले हंगामा मच्चिएको घटनाहरू भएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस