१९ फागुन, काठमाडौँ । विश्वका सबैभन्दा धेरै रक्तदाताहरू मध्ये एक जेम्स ह्यारिसनको मृत्यु भएको छ । उनको रक्त प्लाज्माले २० लाखभन्दा बढी बच्चाहरूको ज्यान बचाएको बीबीसीले उल्लेख गरको छ ।
जेम्स ह्यारिसनको फेब्रुअरी १७ मा अष्ट्रेलियाको न्यु साउथ वेल्सको एक नर्सिङ होममा मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ । उनी ८८ वर्षका थिए ।
अस्ट्रेलियामा सुनौलो हात भएको मानिसको रूपमा चिनिने ह्यारिसनको रगतमा एक दुर्लभ एन्टिबडी, एन्टीडी थियो, जसको रगतले आफ्ना गर्भमा रहेका बच्चाहरूलाई आक्रमण गर्ने जोखिममा रहेका गर्भवती आमाहरूलाई दिइने औषधि बनाउन प्रयोग गरिन्छ ।
ह्यारिसनलाई श्रद्धांजलि अर्पण गर्ने अष्ट्रेलियाली रेड क्रस रक्त सेवाले १४ वर्षको उमेरमा छातीको ठूलो शल्यक्रिया गर्दा रक्तक्षेपण प्राप्त गरेपछि उनले दाता बन्ने वाचा गरेको उल्लेख गरेको छ। उनले १८ वर्षको उमेरदेखि आफ्नो रक्त प्लाज्मा दान गर्न थाले र ८१ वर्षको उमेरसम्म हरेक दुई हप्तामा रक्त प्लाज्मा दाङ गरिरहेको अस्ट्रेलियन रेडक्रसले जानकारी दिएको छ ।
२००५ मा, उनले सबैभन्दा धेरै रक्त प्लाज्मा दान गर्ने विश्व रेकर्ड बनाएका थिए । यो उपाधि उनले २०२२ सम्म कायम राखेका थिए जब उनलाई अमेरिकामा एक पुरुषले उछिनेका थिए ।
ह्यारिसनकी छोरी, ट्रेसी मेलोशिपले उनका बुबा कुनै मूल्य वा पीडा बिना यति धेरै जीवन बचाउन पाउँदा धेरै गर्व गरेको बताएकी छन् । मेलोशिप र ह्यारिसनका दुई नातिनातिनाहरू पनि एन्टीडी खोप प्राप्तकर्ता हुन् ।
एन्टीडी ज्याबहरूले गर्भमा रहेका बच्चाहरूलाई भ्रूण र नवजात शिशुको हेमोलाइटिक रोग, वा एचडीएफएन भनिने घातक रक्त विकारबाट बचाउँछन् । यो अवस्था गर्भावस्थामा हुन्छ, जब आमाको रातो रक्त कोषहरू उनीहरूको बढ्दो बच्चाका लागि हानिकारक हुन्छन् ।

