२० फागुन, काठमाण्डौँ । अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ ।
टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ ।
सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो ।
अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेजर्टओ डट इनका अनुसार अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार

