२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

अवैध नेपाली लिएर अमेरिकी चार्टर जहाज काठमाडौं अवतरण गर्दै, कस्ता हुन् अवैध ?

काठमाडौं । डोनाल्ड ट्रम्पको प्रशासनपछि निष्कासित नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौं आउँदैछ। अमेरिका बसोबास र कामका नियम उल्लंघन गरेका ११ नेपालीलाई फर्काउन चार्टर जहाज प्रयोग गरिएको हो।

यसअघि अमेरिकाले विभिन्न एयरलायन्समार्फत अवैध नेपालीहरूलाई फर्काउने गरेकोमा यस पटक चार्टर जहाजमार्फत ल्याउन लागिएको हो। पछिल्लो दुई महिनामा मात्र २९ नेपालीलाई डीपोर्ट गरिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले गृह मन्त्रालयलाई चार्टर जहाजमार्फत केही नेपालीलाई फिर्ता पठाउने योजना पहिले नै जानकारी गराएको थियो। इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) का अनुसार अवैध रूपमा बसोबास गर्ने र विद्यार्थी भिसामा गएका तर कानून विपरीत काम गर्ने नेपालीहरू मुख्य निशानामा छन्।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस