२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

साउन पहिलो सातादेखि हालसम्म पाथीभरा माताको चरणमा पुगे १ लाख २५ हजार

२४ फागुन, काठमाण्डौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीमा स्थापना भएको पर्यटन प्रहरी हेल्प डेस्कले गत साउन पहिलो सातादेखि फागुन अन्तिम सातासम्ममा १ लाख २५ हजार बढी दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेको अभिलेख राखेको छ ।

गत साउन १० गते काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेस्क स्थापना भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार साउन १० गतेदेखि फागुन मसान्तसम्ममा कुल १ लाख २५ हजार ४ सय ५५ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । मन्दिरको दर्शन गर्नेमा ६६ हजार १ सय २५ जना महिला र ५९ हजार ३ सय ३० जना पुरुष रहेको पर्यटन प्रहरी हेल्प डेस्क काफ्लेपाटीले जनाएको छ ।

पर्यटन प्रहरी हेल्पडेस्क स्थपना भएयता हेल्पडेस्कमार्फत ४६ जना बिरामी दर्शनार्थीलाई औषधि वितरण तथा उद्धार र व्यवस्थापनमा सहयोग गरिएका छ । दर्शन गर्न आएकामध्ये ४६ जनामा टाउको दुख्ने, वान्ता हुने, पखाला चल्ने, ज्वरो आउने र ग्याष्ट्रिक सम्बन्धी समस्या देखिएकोले हेल्पडेस्कमार्फत बिरामीलाई औषधि वितरण तथा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस