२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

चर्चित करोडपति कलाकारको अफर: विवाह गर्ने कुनै योजना छैन, लिभ-इनमा बस्न सक्छु

काठमाडौं। चर्चित भारतीय कोरियोग्राफर तथा टेलिभिजन व्यक्तित्व, जसलाई ‘गीता मा’ भनेर पनि चिनिन्छ, उनले आफ्नो व्यक्तिगत जीवनबारे सनसनीपूर्ण खुलासा गरेकी छन्।

उनले हालै एक अन्तर्वार्तामा बिहे गर्न नचाहेको तर लिभ–इन सम्बन्धमा बस्न खुला रहेको बताएकी छन्। ‘डान्स इन्डिया डान्स’ र ‘सुपर डान्सर’ जस्ता चर्चित रियालिटी शोकी निर्णायकले आफ्नो स्वतन्त्र जीवनशैलीलाई प्राथमिकता दिएको स्पष्ट पारिन्।

उनले भनेकी छन्, “म गोप्य रूपमा विवाहित छु भन्ने हल्ला गलत हो। यदि म विवाहित भएको भए, म गर्वका साथ भन्थें। मलाई बिहेमा भन्दा लिभ–इन सम्बन्धमा बढी विश्वास छ।’

उनले आफूमाथि लाग्ने करोडौंका सम्पत्ति र विवाहका अफवाहलाई हाँसोमा उडाउँदै यस्ता कुराले आफूलाई अचम्मित बनाउने बताइन्। ‘मसँग करोडौंका गाडी र बंगलाहरू छन् भन्छन्, मलाई पनि थाहा होस् न त!’ उनले हाँस्दै थपिन्।

उनको यो बयानले फ्यानहरू र मिडियामा बहस सुरु भएको छ। कतिपयले उनको स्वतन्त्र सोचको तारिफ गरेका छन् भने कतिपयले परम्परागत मूल्यमाथि प्रश्न उठाएका छन्। ५१ वर्षीया गीता मा हाल ‘इन्डियाज बेस्ट डान्सर ४’ मा निर्णायकको भूमिकामा छिन्।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस