२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

यू १९ क्रिकेट : विश्वकप छनोट खेल्न नरेन भट्टको कप्तानीमा टिम घोषणा

५ चैत्र, काठमाडौँ । यू १९ क्रिकेट विश्वकप छनोटका लागि नेपाली टिम घोषणा भएको छ । नरेन भट्टको कप्तानीमा क्यानले टोली घोषणा गरेको हो । प्रतियोगिता चैत ३० देखि बैशाख ८ (अप्रिल १२ देखि २१) सम्म नेपालमै हुँदैछ ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इैमिरेट्स (यूएई)ले सहभागिता जनाउने छन् । नेपालले त्यसअघि अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । क्यानले सोमबार नै १८ सदस्यीय प्रराम्भिक टोली सर्वाजनिक गरेको छ। त्यसबाट अन्तिम १४ सदस्सीय टोली घोषणा गरिनेछ ।

नरेन भट्ट (कप्तान), साहिल पटेल, दर्श सोनार, विपिनकुमार शर्मा, अशोक धामी, अभिषेक तिवारी उपकप्तान, सिविन श्रेष्ठ, दिलसद अली, दयानन्द मण्डल, अरविन्द घर्ती, युवराज खत्री, नितेश पटेल, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, सन्तोषकुमार यादव, अप्राजित पौडेल, सोहेल कुँवर, अमर मिश्र

 

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस