२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

त्रिवि उपकुलपति बरालद्वारा अचानक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन्। उनले केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा पठाएको स्रोतले जनाएको छ।

बराललाई गत फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नियुक्त गरेको थियो। तर, सत्तारुढ दल नेकपा एमालेले उनको नियुक्ति र कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको थियो। बरालले आफूलाई राजीनामा दिन बाध्य पारिएको गुनासो गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस