२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महाकुम्भकी भाइरल गर्ल मोनालिसालाई फिल्म खेलाउने निर्देशक पक्राउ, लाग्यो गम्भीर आरोप

Monalisa, the 'Viral Girl' of Maha Kumbh, Gets a Bollywood Film Role

काठमाडौं। भारत, प्रयागराजमा आयोजित महाकुम्भ मेलामा भाइरल गर्ल मोनालिसालाई फिल्ममा ल्याउने प्रस्ताव गर्ने निर्देशक सनोज मिश्रा पक्राउ परेका छन्। उनलाई बलात्कार, शारीरिक आक्रमण, गर्भपतन गराउन बाध्य पार्ने र धम्की दिने आरोप लागेका छन्।

मध्य दिल्ली प्रहरीको नबी करीम चौकीको टोलीले सनोज मिश्रामाथि गरेको अनुसन्धानको क्रममा गाजियाबादबाट उनलाई पक्राउ गरेको हो। पीडित २८ वर्षीया महिला, जसले उजुरीमा सनोज मिश्रासँग चार वर्षदेखि लिभ-इन रिलेसनशिपमा बसिरहेको बताएकी छिन्, तीन पटक गर्भपतन गराउन बाध्य पारिएको आरोप लगाएकी छिन्।

महिलाले एफआईआरमा उल्लेख गरेकी छिन् कि २०२५ फेब्रुअरी १८ मा उनलाई नबी करीमस्थित होटल शिवामा बोलाइ यौन सम्बन्ध राख्न बाध्य पारिएको थियो। पछि, आरोपीले विवाह गर्ने वाचा पुरा नगरेपछि महिला द्वारा उजुरी दर्ता गरिएको थियो।

मेडिकल कागजातहरू सङ्कलन गरेर, प्रहरीले घटनामा संलग्न अपराधको अनुसन्धान गरेको छ। सनोज मिश्रालाई विवाह गरेको जानकारी प्राप्त भएको छ र उनी मुम्बईमा आफ्नो परिवारसँग बस्ने बताइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस