२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘लाज शरणम्’ का बालकलाकार विकास केसीको कुपोषणबाट निधन

Child Actor Vikas KC from 'Laj Saranam' Dies of Malnutrition

काठमाडौं । फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिका निभाएका विकास केसीको मंगलबार जाजरकोटस्थित घरमै कुपोषणकै कारण निधन भएको छ। २०६६ साउन १ मा जन्मिएका केसी सुटिङपछि काठमाडौं ल्याइएका थिए तर उपचार सम्भव नभएपछि पुनः कर्णाली फर्काइएको थियो। फिल्म टोलीले उनलाई आवश्यक सहयोग गरेको भए पनि बचाउन सकेन।

निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले कुपोषणका कारण नेपालमा अझै बालबालिका ज्यान गुमाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। फिल्म टोलीले उनको आत्माको शान्ति कामना गर्दै सरकारलाई कुपोषण विरुद्ध गम्भीर बन्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस