२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

विदेशमा कार्यरत एमाले निकट नेपालीहरुले बनाए एक करोडको श्रमिक राहत कोष

काठमाडौं । विदेशमा कार्यरत नेकपा (एमाले) निकट नेपालीहरुले एक करोड रुपैयाँको श्रमिक राहत कोष स्थापना गरेका छन् । उक्त रकम कुमारी बैकमा फिक्स डिपोजिट गरिसकिएको छ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चको दोस्रो अन्तरास्ट्रिय कमिटी बैठक मलेसियामा हुँदा उक्त प्रस्ताव पारित भएको थियो ।

प्रवासी नेपाली मञ्च मलेसियाको मुख्य प्रस्ताव सहितको माग पूर्वी एशिया महादेशीय कमिटी हुँदै अन्तरास्ट्रिय रुपमै उठाइएको मुल मुद्दा थियो । श्रमिक राहत कोष (एक करोड रुपैयाँ) बराबरको बनाइएको प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले जानकारी दिए । कोष स्थापना भएपछि प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले खुशी व्यक्त गरे । उनले अभियान सफल भएकोमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा लगायत सबै नेतृत्वलाई सम्झिरहेको उल्लेख गरे ।

अब आउने दिनहरुमा यसको कार्यन्वयन सम्पूर्ण पीडितहरुकै हातमा सहयोग जानेगरी नीति निर्धारण होस् भन्ने उनको कामना छ । विश्वभर रहँदा (खासगरी खाँडी मुलुक) विभिन्न पीडामा पुग्ने नेपाली दाजुभाई–दिदिबहिनीहरुलाई यो कोषबाट प्राथमिकताका आधारमा सहयोग गर्ने अन्तरास्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले प्रतिवद्वता व्यक्त गरे ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस