२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

विवाह र सम्बन्ध विच्छेदबारे खुलिन् मिस पबी, १६ वर्षमा भएको ठुलो दुर्घटना याद गरिन्

काठमाडौँ । टिकटकर तथा अभिनेत्री मिस पबीले आफ्नो बालविवाह भएको खुलासा गरेकी छन् । उत्सव रसाइलीको ‘रमाइलो विथ उत्सव’ कार्यक्रममा उनले यो कुरा बताएकी हुन् ।

यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् । उनले कार्यक्रममा भनेकी छन्, ‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहँदिन थिए । म हैन नै भन्छु । किनभने कानुनी रूपमा केही पनि भएको थिएन । त्यो गैरकानुनी कुरा थियो । तर म कसैलाई नराम्रो भन्न चाहन्नँ ।’

अन्तर्वार्ताको क्रममा उनले भनिन्, “राजीखुसी थियो कि बाध्यकारी थियो?” भन्ने प्रश्नको उत्तरमा उनले भने, “के–के थियो, म त्यो कुरामा बोल्न चाहन्नँ, जे कुरा भयो, त्यही बेला नै सकियो।”

यसरी, उनले जीवनका कठिन क्षणहरूलाई स्वीकार गर्दै, “मलाई रिग्रेट छैन। मैले धेरै कुरा सिकेँ। जीवनमा अघि बढ्नुपर्छ भन्ने पाठ सिकेँ।” भनेर आफ्नो अनुभव साझा गरिन्।

पछिल्लो समय केही समाचारहरूमा आफ्नो निजी जीवनका कुरा सार्वजनिक भएकोमा उनले भने, “मलाई हर्ट भएन। त्यो भएकै कुराहरू हो, तर म त्यो बाहिर निकाल्न चाहँदिन थिएँ।”

अन्त्यमा, उनले आफ्नो बालविवाह र सम्बन्ध विच्छेदको बारेमा स्वीकार गर्दै, “मैले २० वर्षपछि मात्र थाहा पाएँ,” भन्दै, आफ्नो समाज र मित्रहरूको असहयोगको अनुभव पनि सुनाइन्।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस