२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

भारतको आक्रमणपछि पाकिस्तान सुपर लिग यूएईमा हुने

२६ बैशाख , काठमाण्डौँ । भारत र पाकिस्तानबीचको युद्धको कारण पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा हुने भएको छ । पीएसएलले लिगका बाँकी ८ खेलको तालिका र स्थान केही समयपछि सार्वजनिक गर्ने बताएको छ । बिहीबारका लागि रावल पिन्डी स्टेडियममा तय भएको कराँची किंग्स र पेशावर जाल्मीबीचको खेल आकस्मिक बैठक बसेर नयाँ मितिमा गर्ने बताइएको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्भीले पीएसएल यूएईमा सार्ने बताएका हुन् । यूएईमा कुन खेल कहाँ गराउने भन्ने तयारी भइरहेकाले लिग सुरु हुन केही समय लाग्नेछ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस