२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

‘मुनामदन’ अभिनेत्री उषासँग राहुलले अमेरिकामा कसे लगनगाँठो !

२८ बैशाख, काठमाण्डौँ । उषा पौडेल र राहुल केसीले अमेरिकामा हिन्दू विधिअनुसार विवाह गरेका छन्। उनीहरूले आफ्नो विवाह समारोहमा परिवार र साथीहरूलाई उपस्थित गराएका थिए । दुवै कलाकार लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् र उनीहरूको विवाहले नेपाली कलाकार समुदायमा चर्चा पाएको छ। चर्चित अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसी विवाह बन्धनमा बाँधिएका छन् । अमेरिकी समयानुसार आइतबार दिउँसो यी दुईजना कलाकारले ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसे ।

बेहुलाको पहिरनमा ठाँटिएका राहुल र बेहुली बनेकी उषा दुवै विवाह समारोहमा प्रफुल्ल देखिन्थे । दुई साताअघि स्थानीय अदालतमा कानूनी विवाह गरेका यी दुईले अहिले भने हिन्दू धार्मिक विधिअनुसार विवाह गरेका हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस