२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाली महिला फुटबल खेलाडीको संकल्प : उज्वेकिस्तानलाई जितेर इतिहास रच्छौं

काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज (असार २१, शनिबार) राति घरेलु टोली उज्वेकिस्तानसँग भिड्दै छ। उज्वेकिस्तानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार शनिबार राति सवा ९ बजेपछि सुरु हुनेछ।

त्यसअघि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू प्रशिक्षकहरूसँगको प्राविधिक सत्रमा भाग लिइरहेका छन्। जुन सत्र उज्वेकिस्तानविरुद्ध कसरी जित हासिल गर्ने भन्ने विषयमा केन्द्रित छ। खेलाडीहरू एउटै लक्ष्यका साथ उच्च मनोबलमा छन्स् हामी जित्नेछौँ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस