२०८२ असोज १९ गते आइतवार | 2025 October 5th Sunday

अब केही समयमा कक्षा १२ को नतिजा आउँदै, यसरी हेर्न सकिन्छ

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बोर्ड स्रोतले दिएको जानकारी अनुसार हिजो –आइतबार) डेमो गरिएको थियो ।

‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

 

कसरी हेर्ने ?

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर पनि हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस