२०८२ भाद्र २८ गते शनिवार | 2025 September 13th Saturday

राज्यकै कारण रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य अवस्थामा नरहेको चिकित्सकको निश्कर्ष

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएको छ । रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको चिकित्सकले बताएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको बताइएको छ । ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नेतृत्वको टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ । भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस