२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सामाजिक सञ्जाल बन्द निर्णयबारे बोले कलाकार

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । सरकारले सूचीकरण नभएका २६ सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णयविरुद्ध कलाकारहरूले विरोध जनाएका छन्। अभिनेता दयाहाङ राईले निर्णयलाई अलोकप्रिय भनेका छन् र सामाजिक सञ्जाल दैनिक जीवनमा अपरिहार्य भएको बताएका छन्।

उनले भने, ‘सरकारले विभिन्न कारण देखाएर बन्द गर्नु उचित छैन। मानिसहरूले बिहानै समाचारदेखि विश्वका खबर सामाजिक सञ्जालमार्फत पाउँछन्। यसले हाम्रो दैनिक जीवनमा बाधा पुर्‍याउँछ।’

अभिनेता खगेन्द्र लामिछानेले यसले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको बताए। ‘सरकारले दर्ताका लागि विकल्प अपनाउन सक्थ्यो, तर बन्द गर्ने तरिका गलत छ,’ उनले भने।

अभिनेत्री रेखा थापाले भने, ‘सामाजिक सञ्जालमा युवाहरूले रोजगारी सिर्जना गरिरहेका छन्। यसरी धम्की दिएर बन्द गर्नु भनेको रोजगारी खोस्नु हो। दर्ता प्रक्रियामा सुधार गर्न सकिन्छ, तर यसरी बन्द गर्नु उचित छैन।’

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस