२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जेनजी आन्दोलन : सबै घाइतेको नि:शुल्क उपचार गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मातहतका सबै संघीय अस्पताललाई जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न परिपत्र गरेको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले आन्दोलनका घाइतेलाई कुनै पनि शुल्क नलाग्ने गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको हो। साथै, एम्बुलेन्स सेवा सहज र प्रभावकारी बनाउन आवश्यक स्थानमा उपलब्ध गराउन आदेश दिएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा सहजै पुर्‍याउन सहयोग गर्न पनि आग्रह गरिएको छ। त्यस्तै, सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा सक्रिय हुन मन्त्रालयले आह्वान गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस