२०८२ भाद्र २८ गते शनिवार | 2025 September 13th Saturday

प्रधानमन्त्री सुशीला कार्कीको सुरक्षा जिम्मा पाएका डीएसपी थापा को हुन् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)को जिम्मेवारी डीएसपी निशान थापालाई दिइएको छ। आईजीपी चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई खटाउने निर्णय गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले शितल निवासमा शपथ लिइन् र बालुवाटारमै आफ्नो कार्यालय सञ्चालन गर्ने तयारी गरेकी छन्। जेन–जी प्रदर्शनका क्रममा प्रधानमन्त्री निवासमा आगजनी नभएको हुँदा उनले त्यही मुख्य निवासमै बस्ने निर्णय गरेकी हुन्।

भदौ २४ मा जेन–जी प्रदर्शनले नियन्त्रण बाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। नयाँ परिस्थितिमा, राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्कीको सुरक्षा सुनिश्चित गर्न खटाइएको डीएसपी निशान थापा यसअघि विभिन्न संवेदनशील पदमा कार्यरत रहिसकेका छन्। उनका जिम्मेवारीमा प्रधानमन्त्रीको निजी र सार्वजनिक गतिविधिको सुरक्षा समेटिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस