
काठमाडौँ — स्थगित भएको कक्षा १२ को मौका (पूरक) परीक्षा नयाँ तालिकासहित अब असोज ७ र ८ गते सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित तालिका सार्वजनिक गर्दै परीक्षा दिने विद्यार्थीलाई निर्देशन दिएको छ।
तालिका अनुसार:
-
असोज ७: अनिवार्य अंग्रेजी (००४१) परीक्षा। एक विषयमा मात्र परीक्षा दिने विद्यार्थीले आफ्नो सबै विषय, दुई विषयमा परीक्षा दिने विद्यार्थीले सानो कोड भएको विषयको परीक्षा दिनेछन्।
-
असोज ८: दुवै विषयमा परीक्षा दिने विद्यार्थीले ठूलो कोड भएको विषयको परीक्षा दिनेछन्। यस दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछैन।
-
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार