२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

महावीरसहित चार मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय दिइयो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष समारोहमा शिक्षाविद् महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, पूर्वन्यायाधीश अनिलकुमार सिंहले उद्योग, वाणिज्य, आपूर्ति तथा भूमिसुधारमन्त्री, डा. मदन परियारले कृषि तथा पशुपन्छी विकासमन्त्री र पत्रकार जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिए।

प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्। तर, स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिएकी अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्राको नाम अन्तिम समयमा रोकिएपछि आज उनी शपथ लिनबाट वञ्चित भइन्।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस