२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

दुर्गा प्रसाईंले दर्ता गराए राजनीतिक दल

काठमाडौँ : दुर्गा प्रसाईंले निर्वाचन आयोगमा ‘नेपाल पथ दल’ नामक नयाँ राजनीतिक दल दर्ता गराएका छन् । आयोगले दल दर्ताको प्रमाणपत्रसमेत दिइसकेको छ । प्रसाईंको पार्टीको औपचारिक घोषणा आगामी मंसिर ७ गते झापाको दमकमा हुने बताइएको छ ।

यसअघि प्रसाईंले राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणासँग मिलेर दल दर्ता गर्ने तयारी गरेका थिए । तर, विवाद उत्पन्न भएपछि दुवै अलग भएका थिए। राणाले यसअघि नै ‘जय नेपाल पार्टी’ नामक छुट्टै दल दर्ता गराइसकेका छन् । प्रसाईंले भने यसअघि दर्ता गरेको ‘नागरिक बचाउ दल’को नाम परिवर्तन गरेर ‘नेपाल पथ दल’ बनाएका हुन् ।

 

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस