२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

डिकेटेड फिडर तथा ट्रंक लाइन बक्यौता २१ दिनभित्र भुक्तानी गर्न प्राधिकरणको आग्रह

काठमाण्डौँ ।  काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तानि गर्न आग्रह गरेको छ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको जानकारी गराएको छ।

मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ।

प्राधिकरणले डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनीनेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस