२०८२ असोज १२ गते आइतवार | 2025 September 28th Sunday

फूलपातीको अघिल्लो दिन बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाण्डौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सनु तोलामा ७०० रुपैयाँ चाँदी ७० रुपैयाँमाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजार ७४० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस