२०८२ असोज २० गते सोमवार | 2025 October 6th Monday

नेपालका यी १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ ।

यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरु बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् पूर्णरुपमा अवरुद्ध भएका सडक–

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया दिनुहोस