
काठमाडौं । नेकपा एमाले नेता एवं पूर्व मन्त्री महेश बस्नेत र शोभा पाठकबीचको विवाद थप चरम बन्दै गएको छ । उनले साइबर अपराध र ज्यान मार्ने धम्कीको उजुरीलाई लिएर थप संघर्ष गर्ने भएपछि बस्नेतमाथि थप संकट आइपरेको हो । उनले लगाएको अभियोग अदालतदेखि प्रहरीसम्म विचाराधिन अवस्थामा नै छ । प्रहरीलेपनि उनको जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउना आनाकानी गरिनै रहेको छ । अदालतले घुमाउरो तरिकाले जाहेरी लिएर मुद्दा अघि बढाउन भनेको छ ।
शोभाले साइबर अपराध, बलात्कार, भ्रुण हत्या, ज्यान मार्ने उद्योग, गाली बेइजती लगायतका चार्ज लगाएकी छिन् । बस्नेतले यी सबै अभियोग आफ्नो चरित्र हत्या गर्नका लागि मात्र लगाइएको दावी गर्दै आएका छन् । अभियोग लगाउने शोभालाई साइबर अपराधको उजुरी दिएर बस्नेतले उल्टै थुनाएका थिए । हालै शोभले लेखेकी छिन्,
म ठिक १० बजे साइबर ब्युरोमा। जाँदैछु। यतिबेलासम्म पक्राउ नगरी खुलेआम छोड्नाले मेरो ज्यान खतरामा रहेकोले सरकारी वकिलले भन्दा पनि नमान्ने मलाई कसैले उजुरी दियो भने दुई घण्टामा समाउने र महेश बस्नेतलाई खुलेआम छोड्ने कानून कुन हो ? नवीन्द्र अर्याल साइबर प्रमुखसँग कुराकानी गर्न सँगै धर्ना दिन जान्छु । न्यायको भिक माग्दा नपाइने देश तपाईहरु न्यायको आवाज उठाउने कोको हुनुहुन्छ ?
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्