२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ। आज पनि चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च मूल्य हो।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस