
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीलाई काठमाडौंको नयाँ बानेश्वरस्थित पाँचतारे एभरेस्ट होटलबाट व्यवस्थापनले हटाएको खुलासा भएको छ। स्रोतका अनुसार शाहीले होटलको नियम नमान्दै अनधिकृत अन्तर्वार्ता सुरु गरेपछि म्यानेजरले ‘नियम नमान्ने भए बाहिर जानुस्’ भन्दै उनलाई निर्देशन दिएका थिए।
शाही मध्यान्ह मंगलबार साढे १२ बजे होटल पुगेका थिए र करिब १ बजे केही युट्युबरलाई बोलाएर अन्तर्वार्ता रेकर्ड गर्न थाले। त्यतिबेला होटलको रेष्टुरेन्टमा विदेशी पर्यटक र अन्य ग्राहकहरूको भीड थियो र सोफा र सार्वजनिक स्थानहरू कब्जा भएको थियो। होटल कर्मचारीले अनुमति माग्दा शाहीले आफू सांसद भएको भन्दै सोफामा बस्न अस्वीकार गरे।
म्यानेजरले कडा स्वरमा नियम पालना गर्न निर्देशन दिएपछि शाही र म्यानेजरबीच छोटो भनाभन भयो र शाहीलाई होटलबाट बाहिर निकालिएको बताइएको छ। घटनास्थलमा उपस्थित एक नेताले भने, “अहिले संसद छैन, कहाँका सांसद रहेछन्!” भनी व्यंग्य गरेका थिए।
शाहीले भनेका छन्,
पैसा कमाउनको लागि नायिका श्रीषा कार्कीलाई बाथरूम भित्र छिरेर नाङ्गो फोटो खिचेर पत्रिकामा छापेर आत्महत्या गर्न बाध्य पार्ने एउटा हत्यारो आफैलाई पत्रकार भन्ने आजभोलि पेट पाल्नलाई एउटा अनलाइन पत्रिका चलाएको छ। आज (मंगलबार) ब्रेकलाइन मिडियाका पत्रकारसँग होटल एभरेस्टका कर्मचारीले इन्टरभ्युको भिडियो यतातिर नखिचौं। उतातिर खिचौ भनेर गरिएको एउटा सामान्य छलफल लाई लिएर मेरो चरित्र हत्या गर्दै समाचार लेख्नुभएछ। यदि तिमीसँग प्रमाण छ भने होटलका कर्मचारीलाई मैले धम्काएको होटलका कर्मचारीले मेरो कठालो समातेर निकालेको पेश गर तिमीले जता बोलाउँछौ म त्यतै आउँछु खुला चुनौती हो। होइन भने तिम्रो पेट पाल्न को लागि अर्काको चरित्र हत्या नगर तिमी एमाले का अध्यक्ष केपी ओलीको कार्यकर्ता हुँदै माओवादीमा प्रचण्डको प्रिय पात्र बन्दै प्रेस काउन्सिलको अध्यक्ष भयौ तर तिम्रो सोच र तिम्रो लेखाई तिम्रो श्रीमती र तिम्रो छोरीले पनि पढ्न सक्दैन। पत्रकार राष्ट्रको चौथो अङ्ग हो भन्छन्। तर त्यही पत्रकारिताको नाममा पेट पाल्ने हतियार बनाउँदै घटिया काम गर्नेलाई पत्रकार भन्न सकिँदैन यो समाजको अपराधी हो।
स्रोतका अनुसार शाही यसअघि पनि सोही होटलमा युट्युबरहरूको भिडभाड सिर्जना गर्ने गर्थे। घटना पछि होटल व्यवस्थापनले शाहीको भविष्यमा आगमन निगरानीमा राख्ने निर्णय गरेको बताएको छ।