२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

जेनजी आन्दोलन : त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका ज`ले, अब के हुन्छ ?

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाका ६ सय ५२ उत्तरपुस्तिका जलेका छन्।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार जलेका उत्तरपुस्तिका तीन वटा सेन्टरमा राखिएका थिए।

‘उत्तरपुस्तिका जलेका कारण पुनः परीक्षा गर्ने सूचना छिट्टै निकाल्दै छौं,’ उनले बताए।

जलेको घटना प्रहरी चौकीमा भएको थियो, जहाँ उत्तरपुस्तिकाहरू राखिएका थिए। चौकीमा आगो लाग्दा ती उत्तरपुस्तिकाहरू पनि जलेका हुन्।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस