२०८२ असोज २४ गते शुक्रवार | 2025 October 10th Friday

राष्ट्र बैंकले एटीएम लिमिट घटायो : अब कति रकम निकाल्न सकिन्छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाउने निर्णय गरेको छ।

पहिले प्रति कारोबार एटीएमबाट २५ हजार, दैनिक १ लाख र मासिक ४ लाख रुपैयाँसम्म झिक्न सकिन्थ्यो। नयाँ निर्देशनअनुसार, अब प्रति कारोबार २० हजार, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ।

केन्द्रीय बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत राखेको छ। बैंक बाहेकका अन्य सेवा प्रदायक संस्थाद्वारा जारी प्रिपेड कार्डको सीमा पनि प्रतिदिन ५ हजार र मासिक २५ हजार रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस