
काठमाडौँ। दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धानखेतमा अन्दाजी ४० वर्षका एक पुरुषको शव फेला परेको छ।
शवको सनाखत हुन नसकेको र पुरुषको परिचय नखुलेको कारण प्रहरीले अनुसन्धानमा कठिनाइ भइरहेको जनाएको छ। स्थानीय प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार