२०८२ असोज २६ गते आइतवार | 2025 October 12th Sunday

छड्के निस्केका एसपीसँग यौ-नकर्मीको सामना, होटेलबाट रंगेहात ३१ महिला समातिए

Mother Joins Bride and Groom on Their Wedding Night A Shocking Tradition

काठमाडौं । नेपालगन्जको रात्री जीवन सधैँ रंगीन रहन्छ। दिनभरको भीडभाड र बजारको कोलाहलपछि बसपार्क क्षेत्रमा कानुनको दृष्टि बाहिरका गतिविधिहरू चलिरहेका हुन्छन्। यही वास्तविकता बुझ्ने साहसिक कदम उठाएका छन् जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी।

सादा पोसाकमा गाडीमा यात्रु बनेर वा सडकमा हिँड्दै उनी रातभरि निगरानी गर्छन्। केही दिनअघि उनले गरेको छड्के निरीक्षणमा यौन कारोबार, लागूऔषध र अन्य अवैध गतिविधि भइरहेको ठहर गरी चार प्रमुख होटेलमा छापा मारे। मिलन कटेज, भेरी कर्णाली होटेल, रिभरसाइड र दँगाली होटेलबाट ३१ महिला र १४ पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइयो। पक्राउ पर्नेमा आठजना भारतीय युवकसमेत छन्।

एसपी जिसीले रात्री निरीक्षण अभियान सुरु गरेपछि नेपालगन्जको बसपार्क क्षेत्रमा अपराध न्यूनीकरणमा उल्लेख्य सुधार भएको प्रहरी स्रोतले बताएका छन्। राती ९ बजेपछि मोबाइल पेट्रोलिङ बढाइएको, होटेल व्यवसायीहरूसँग सहमति गरेर ग्राहकको परिचय अनिवार्य गरिएको छ।

प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार, अभियानले समाजमा ‘प्रहरी पनि छ’ भन्ने सन्देश पुर्‍याएको छ। प्रहरीको सक्रिय निगरानी र स्थानीय समुदायको सहकार्यले चोरी, ठगी, मादक पदार्थको ओसारपसार, कुटपिटजस्ता घटनामा नियन्त्रण ल्याउन सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस