२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज सुनको मूल्य ऐतिहासिक उचाईमा, प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार तोलाको ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार २४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ३९० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७७८ रुपैयाँमा कारोबार भईरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस