२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विपिन जोशीको शव आज दिउँसो काठमाडौं आइपुग्ने, सरकारले श्रद्धाञ्जली कार्यक्रम गर्ने

काठमाडौं। विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ । जोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ । पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थानान्तरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ ।

शव काठमाडौं आइपुगेपछि नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ । त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरूले जनाएका छन् । प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुनेछन् । श्रद्धाञ्जलि कार्यक्रम नेपाली सेनाको नं १४ बाहिनी मुख्यालयमा आयोजना गरिने भएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस