२०८२ कार्तिक ११ गते सोमवार | 2025 October 27th Monday

चर्चामा कार्की सरकारका अर्का मन्त्रीको रोलेक्स काण्ड, सत्य खुल्दा सबै चकित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई प्राप्त रोलेक्स घडी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

सञ्चारमन्त्री जगदीश खरेलले महँगो घडी लगाएको चर्चा चलिरहेका बेला आइतबार साँझ फेसबुकमा घडीको कथा लेख्दै मन्त्री पुनले बताए, “यो रोलेक्स घडी भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक वृद्ध दम्पतीले जबरजस्ती दिएका थिए। मैले लगाएर हिँडेको भए बर्बाद हुने थियो, तर झोलामा राख्दा बचियो।”

उनले थपे, “३ वर्षअघि युकेमा बस्ने साथीले पनि रोलेक्स घडी दिएका थिए, त्यसलाई मैले फेसबुकमै राखेर बेचिदिएँ। तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।”

मन्त्री पुनको रोलेक्स घडीको कथा सामाजिक सञ्जालमा चर्चित भएको छ।

rolex

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस