२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने महिला टोलीको विदाई

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो ।

विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दशै र तिहारकाबीचमा पनि सवै खेलाडीहरुले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे। तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरुले राम्रो तयारी गरेको उनको भनाइ छ ।

त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टीम बनेको उनले बताए। उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फम्र्याट तयार गर्न आफुले काम गरेको उल्लेख गरे । त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताइन्।

यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टीम मैदानमा उत्रने उनको भनाइ छ। नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस