२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

भोलि छठ बिदा : सम्पूर्ण देशभर लागू हुने हो?

काठमाडौं। छठ पर्वको अवसरमा संघ सरकारले कात्तिक १० गते सोमबार देशभर सार्वजनिक बिदा दिएको छ। सो दिन सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा अनुसार श्रद्धा र उल्लासका साथ पर्व मनाइनेछ।

त्यसैगरी, मधेस प्रदेश सरकारले छठ पर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते मंगलबार थप एक दिन सार्वजनिक बिदा दिएको छ। यस दिन व्रतधारीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा पालना गर्नेछन्।

दसैँ र तिहार सकिएलगत्तै देशभर छठ पर्वको रौनक सुरु भएको छ। श्रद्धालुहरू नदीनाला, पोखरी र घाटमा व्रत, पूजा र तयारीमा व्यस्त छन्।

यस अवसरमा हाम्रो पात्रो परिवारले सबै नेपालीहरूलाई छठ पर्वको हार्दिक शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस