२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

काठमाडौं तिनकुनेमा डरलाग्दो दुर्घटना : मृतक युवक को हुन्?

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौँ । काठमाडौँको तिनकुनेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। काठमाडौँ–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक, काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको दिउँसो सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा अन्य एक जना घाइते भएको छन्, जो हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस