काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार पनि सुन तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार (आज) बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ५०४ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६२३ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार

