काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर २ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५६३ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार

